बङ्लादेशमा रेल दुर्घटना, १६ जनाको मृत्यु 

  |   प्रकाशित :

ढाका । दुई ओटा रेल आपसमा जुध्दा बंगलादेशमा १६ जनाको मृत्यु भएको छ, ५० जनाभन्दा बढी घाइते भएका छन्।

देशको पूर्वीक्षेत्रमा मङ्गलबार भएको यो दुुर्घटनामा ठूलो मानवीय हताहती भएका स्थानी प्रहरी प्रमुख अनिसुर रहमदले बताए । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको बताए।

रेल नियामक अधिकारीहरुले दुर्घटना बारे अनुसन्धान शुरु गरेका छन । बङ्लादेशमा पटक–पटक रेल दुर्घटना हुने गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech