यू–१९ च्यालेञ्जर्स : भारतको रेड टिमविरुद्ध टस जितेर नेपाल फिल्डिङमा

  |   प्रकाशित :

काठमाडौं । भारतको बैंग्लोरमा भइरहेको यू–१९ च्यालेञ्जर्सको दोस्रो खेलमा बुधबार नेपालले भारत यू–१९ रेड टिमसँग प्रतिस्पर्धा शुरु गरेको छ । बेंग्लोरको राजिव गान्धी स्टेडियममा सुरु भएको खेलमा नेपालले टस जितेर भारतविरुद्ध बलिङ गरिरहेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल भारतको यू–१९ एल्लो टिमसँग १० विकेटको भारी अन्तरले पराजित भएको थियो । यसकारण फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेलमा अनिवार्य जीत हासिल गर्नुपर्नेछ ।

नेपाली टीमबाट पहिलो खेल खेलेका तिलकराज भण्डारीलाई आजको खेलमा विश्राम दिइएको छ भने विशाल विक्रम केसीलाई प्लेइङ इलेभेनमा राखिएको छ । 

रित गौतमको कप्तानीमा उत्रिएको नेपाली टिममा लोकेश बम, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विशाल विक्रम केसी, आकाश चन्द, प्रतिश जिसी, शेर मल्ल, सागर ढकाल र खडकबहादुर बोहराले भारतविरुद्धको म्याच खेल्दैछन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech