यो राष्ट्रघाती प्रवृत्तिप्रति वर्तमान सरकारको घोर भत्र्सना गर्दछै: नेपाल रिपब्लिक पार्टी

  |   प्रकाशित :

 काठमाडौं । कालापानी–लिपुलेक भारतको नक्शामा समावेश भएको बारे नेपाल रिपब्लिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल रिपब्लिक पार्टीले प्रेस वक्तत्व जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

प्रेस वक्तत्वमा ‘नेपालको सुदूर पश्चिमी भूभाग कालापानी–लिपुलेक, भारत सरकारद्वारा हालै प्रकाशित भारतको नक्शामा समावेश भएको बारे नेपाल रिपब्लिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । 

राष्ट्र र राष्ट्रियताप्रति अत्यन्त संवेदनशील यो पार्टी उक्त क्षेत्र र अन्यत्रको समेत सीमा विवाद उच्चस्तरीय द्विपक्षीय कूटनीतिक, राजनीतिक अग्रसरताद्वारा शीघ्रातिशीघ्र समाधान होस् भन्ने जोडदार माग गर्दछ । पंचशीलमा विश्वास गर्ने नेपाल कुनै पनि देशको भूमि अखण्डित रुपमा कायम रहिरहनुपर्छ भन्ने मान्यता राख्छ र हाम्रो पार्टी पनि सो मान्यतामा अडिग छ । कुनै पनि क्षेत्रको सीमा विवादले नेपाल–भारतबीच शदियौंदेखि रहआिएको मैत्रीपूर्ण सम्बन्धमा खलल नपरोस् र त्यस्तो विवादले विशेष गरी नेपाली जनमानसमा मित्रदेश भारतप्रति नकारात्मक भावना विकसित हुन नपुगोस् भन्नेमा दुवै मुलुकका सरकारहरु संवेदनशील हुनुपर्छ र यो समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्न अग्रसर हुनुपर्छ । 

यसबीच, भारतीय नक्शामा दशकौंदेखि उक्त भूभाग समावेश रहँदै आएको र पछिल्लो पटक प्रकाशित नक्शामा नेपालसँगको सीमा त्यसभन्दा फरक नभएको वस्तुतथ्य थाहा नपाएजस्तो गरी यस मामिलालाई अनावश्यक रुपमा उछाल्ने सत्तारुढ नेकपा एमालेको प्रवृत्तिलाई यस पाटीले सतर्कतापूर्वक अवलोकन गरिरहेको छ । यसबारे यति लामो समयसम्म मौन धारण गर्नु र अहिलेमात्र यो मामिला उछाल्नुले यसका पछाडि रहस्यमय कारण रहेको हाम्रो पार्टीको आकलन छ । शान्त र गम्भीर कूटनीतिक प्रयासबाट समाधान गर्नुपर्ने सीमा क्षेत्रको मामिला सत्तारुढ पार्टी र उसका समर्थक पक्षहरुद्वारा सडकमा उछालिनु कूटनीतिक अपरिपक्वतामात्र नभएर पोखरीको पानी धमिल्याई माछा मार्ने निहित स्वार्थी अभिप्रायको खेल हो भन्ने हाम्रो धारणा छ । राष्ट्रहितमा गम्भीर असर पार्ने यस्ता खेल बन्द गर्न नेपाल रिपब्लिक पार्टी सत्तारुढ नेकपा र उसका समर्थकलाई चेतावनी दिन चाहन्छ ।

यसैबीच, उत्तरी छिमेकी कम्युनिष्ट मुलुक चीनले पनि नेपाली भूमि ११ ठाउँमा सीमा मिचेको र आधा दर्जन सीमास्तम्भ उखेलिएको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । सरकारी अभिलेखमा रहेको उक्त तथ्यांकले कम्युनिष्ट चीनको मिचाहा प्रवृत्ति मात्र उजागर गरेको छैन, यसबारे नेपालको कम्युनिष्ट पार्टीको सरकारले चुइँक्क सम्म नबोलेको घट्नाले उसले चीनको बलमिचाई र प्रभुत्व सहर्ष स्वीकार्ने तथ्य पनि उजागर गरेको छ । नेपाल रिपब्लिक पार्टीयो राष्ट्रघाती प्रवृत्तिप्रति वर्तमान सरकारको र यो मिचाहा प्रवृत्तिप्रति कम्युनिष्ट चीनको घोर भत्र्सना गर्दछ र समग्र नेपाली जनतालाई यसतर्फ सावधान हुन अपील गर्दछ । 

आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिसकेको चीनले कालापानीको भूभागमा भारतसंग सम्झौता गरेर त्यसको जानकारी सम्म नेपाललाई नदिएको घटनाले उसको मित्रताको मखुण्डो फुस्केर असली अनुहार उदांग भइसकेको हाम्रो पार्टीको ठहर छ । यसबारे नेपाल सरकार र खासगरी परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गर्दै तत्काल आवश्यक कदम चाल्न नेपाल रिपब्लिक पार्टी जोडदार आग्रह गर्दछ । अन्यथा चीनले मिचेको नेपाली भूमि फिर्ता लिन नेपाली जनता उठ्नुपर्ने नेपाल रिपब्लिक पार्टीको निष्कर्ष छ र समस्त राष्ट्रप्रेमी पक्ष र जनतालाई हामी यसका निम्ति तयार रहन हार्दिक अपील गर्दछौं ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech