प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मासहित दुई पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति जुटेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महत्वपूर्ण आयोगहरुमा नियुक्तिबारे मोटामोटी सहमति जुटेको छ । आयोगमा नियुक्तिका लागि प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, सभामुखको मुख्य भूमिका हुन्छ । यसैलाई दृष्टिगत गरी ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष प्रचण्डलाई बालुवाटारमा डाकेर बुधबार छलफल गरेका हुन् । 

छलफलमा सबैभन्दा महत्वपूर्ण सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगलाई पूर्णता दिनेबारे छलफल भयो । नेताहरुबीच त्यसबारे मोटामोटी सहमति जुटेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech