मानिसको ज्यान नै जाने स्तरमा प्रदुषण फैलिएपछि नयाँ दिल्लीका सबै विद्यालय बन्द 

  |   प्रकाशित :

नयाँदिल्ली । अत्याधिक प्रदुषण बढेर मानिसको ज्यान नै जाने अवस्था आएपछि भारतको नयाँदिल्लीस्थित राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा विद्यालयहरु बन्द गरिएका छन् । 

पर्यावरण प्रदुषण रोकथान तथा नियन्त्रण प्राधिकरणले दिल्लीमा कालोपत्रे तताउने मेसिन र ढुङ्गा फुटाउने क्रशर उद्योगको प्रतिबन्ध शुक्रबारसम्मका लागि लम्ब्याईदिएको छ । यसअघि भारतीय सुप्रिम कोर्टले अर्को आदेश नआएसम्मका लागि सो क्षेत्रमा हुने सबै निर्माण कार्यमाथि रोक लगाउने आदेश दिएको थियो । 

नोयडाका जिल्ला अधिकारीले पनि विद्यालय बन्द गराउन आदेश दिएका थिए । डिस्ट्रीक मजिस्टर्ड (डीएम) कार्यालयले दिएको आदेशमा हावाको गुणस्तर निकै खराब भएकाले कक्षा १२ सम्म अध्ययन गराउने सबै सरकारी र गैरसरकारी विद्यालयहरुलाई बन्द गराउन उल्लेख छ । गाजियावादको नियामकले पनि यस्तै आदेश जारी गरेको छ । 

जोर–बिजोर सवारी सञ्चालन म्याद बढ्न सक्ने
यसअघि बुधबार दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवालले वायुको गुणस्तर थप बिग्रिएमा जोर–बिजोर सवारी प्रणालीकोे म्याद बढाउन सक्ने बताएका छन् । मानिसहरुको स्वास्थ्यका साथै वायु प्रदुषणका कारण विश्वसामु देशको छवीप्रति चिन्ता रहेको केजरीवालालले उल्लेख गरेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech