उपनिर्वाचन २०७६ : पद ४८, प्रतिष्पर्धी २८१

  |   प्रकाशित :

काठमाडौं । मंसिर १४ गते तोकिएको उपनिर्वाचनमा स्थानीयतह अन्तर्गत रिक्त रहेका ४८ पदमा २८१ जना उम्मेदवारी परेको छ । 

३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । 

उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका लागि स्थानीयतहमा उपनिर्वाचन हुँदैछ।

उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको तथा मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech