विदेशी मुद्राको भाउ बढ्यो, परदेशबाट रकम पठाउनेलाई फाईदा (सूचीसहित)

  |   प्रकाशित :

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६५ पैसा तोकेको छ  । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा कायम भएको थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा तोकिएको थियो ।

कतारी रियालको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ । हिजो कतारी रियालको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको थियो ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा छ । हिजो यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा तोकिएको थियो ।

आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७० पैसा बिक्रीदर २७ रुपैयाँ ८४ पैसा तोकिएको छ। हिजो मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५३ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकिएको थियो ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६८ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २२ पैसा तोकिएको थियो ।

आज बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजो बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ७ पैसा तोकिएको थियो ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकिएको छ । हिजो १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको थियो ।

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech