एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 

  |   प्रकाशित :

काठमाडौं ।  बंगलादेशमा आजदेखि शुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत पहिले खेलमा अहिले नेपालले भारतविरुद्ध प्रतिष्पर्धा गरिरहेको छ । 

बंगलादेशको क्रिरा शिख्खा मैदानमा भर्खरै शुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङ शुरु गरेको हो । आठ टोली सहभागी इमर्जिङ कपमा नेपाली टीमका पूर्वकप्तान पारस खड्का र स्पीनर सन्दीप लामिछाने सहभागी भएका छैनन्।

नेपाली टीमको प्लेइङ इलेभेनमा कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुशन भारी, आरिफ शेख, र कुशल भुर्तेल छन् । कुशल भुर्तेलले पहिलोपटक राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। 

आजै बंगलादेश र हङकङ तथा श्रीलंका र ओमानबीचको खेल पनि हुँदैछ भने पाकिस्तान र अफगानिस्तानले पनि आजै प्रतिष्पर्धा गर्दैछन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech