नेपाल-चीन सीमा: सगरमाथाको उचाइ र पिल्लर नम्बर ५७ को विषयमा अस्पष्टता

  |   प्रकाशित :

काठमाडौं । नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको छ । सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन नसकेको हो ।

नेपाल चीनबीच प्रत्येक १० वर्षमा संयुक्त अनुगमन हुने गरेकोमा सन् २००७ पछि अनुगमन भने हुन सकेको छैन । सीमासम्बन्धी जानकार नेपाल चीनबीचको सीमा सम्बन्धमा ठूलो समस्या नरहेको बताउँछन् ।

उनीहरू नेपाल चीनबीच दोलखामा रहेको पिल्लर नम्बर ‘५७’ र सगरमाथाको उचाइका सम्बन्धमा केही अस्पष्टताबाहेक अन्यत्र समस्या नरहेको बताउँछन् । सीमामा चीनतर्फ नदी नभएर स्थलगत सीमाना रहेकाले ठूलो समस्या नरहेको जानकारहरू बताउँछन् । नापी विभागले भारत र चीनतर्फको सीमाको डिजिटल डाटाबेस तयार भइसकेको जनाएको छ । राजधानी दैनिकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech