कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला

  |   प्रकाशित :

काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजिकै आज बिहान फेला परेको हो । महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech