गुर्जुधारा यातायातमा अख्तियारको छापा, नायब सुब्बासहित ४ जना समातिए

  |   प्रकाशित :

काठमाडौं । यातायात व्यवस्था कार्यालय प्रदेश नम्बर-३ गुर्जुधारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आर्थिक अनियमितता भएको सुराकीको आधारमा अख्तियारले छापा मारेको हो ।

अख्तियारको छापामा एक जना कमचारीसहित अन्य ४ जनालाई नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । मोटरसाइकल पास गर्ने क्रममा कार्यालयका एक कर्मचारीले सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले छापा मारेको हो । अख्तियारको टोलीले कार्यालयका एक नायब सुब्बालाई नियन्त्रणमा लिएको बताइएको छ । तर ती कर्मचारीको परिचय खुलाइएको छैन ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धान भइरहेको हुनाले थप बोल्न नमिल्ने बताए । ‘अनुसन्धानको क्रममा रहेको विषयमा केही बोल्न मिल्दैन’ प्रवक्ता कोइरालाले भने ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech