बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग प्याकेज सहमति खोजे !

  |   प्रकाशित :

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधव कुमार नेपालले प्याकेजमै सहमति खोजेका छन् । 

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले नेता नेपालसँग पार्टी र सरकार दुवै प्रभावकारी रुपमा सञ्चालन गर्नेबारे सहयोग मागेका थिए । स्रोतकाअनुसार नेता नेपालले भने ओलीसँग प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोडेर अघि बढ्न सुझाव दिएका थिए ।

पछिल्लो समय नेकपाभित्र एक व्यक्ति, एक मुख्य पदको अवधारणामा जानुपर्नेबारे छलफल भएको छ । सोहीअनुसार नेता नेपालले पनि ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्ने अडान राखेका थिए । तर, ओलीले भने यसबारेमा कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ । अर्का अध्यक्ष पुष्ष्पकमल दाहालले पनि ओलीले सरकारको नेतृत्व गर्नुपर्ने र पार्टीको नेतृत्व आफूलाई दिनुपर्ने माग गर्दै आएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech