सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

  |   प्रकाशित :

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् । 

विद्यार्थी राजनीति गर्दादेखि नै निकै खरो स्वभावकी झाँक्रीले विधुतीय सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकार लक्षित आक्रोश व्यक्त गरेकी हुन् । 
सीमा मिचिँदा सरकारका मन्त्रीले भाषण गर्दै हिड्ने कि त्यो देशको राजदूतलाई बोलाएर सोध्ने ? भन्दै झाँक्रीले जिम्मेवार मानिसहरुले बेतुकको भाषण गर्दै हिँडिरहेको धारणा व्यक्त गरेकी छिन् । 

झाँक्रीले ट्वीटरमा लेखेकी छन्, ‘बक्तब्य निकाल्ने की ? मन्त्रिपरिषदले तुरून्त आफ्नो राजदूत मार्फत ध्यानाकर्षण गराउने ? कुटनीतिक पहल गर्न आफ्नो प्रतिनिधि पठाउने ? वा हामी हाम्रो भूमि एक इन्च पनि मिच्न दिन्नौ भन्ने बेतुकको भाषण दिने ?

जम्मु–कश्मीरको विशेषाधिकार अन्त्य गरेपछि भारतले जारी गरेको नयाँ नक्सामा नेपालको लिपुलेक र कालापानी क्षेत्रसमेत समेटेपछि अहिले नेपालीहरु आक्रोशित बनिरहेका छन् ।

अर्को छिमेकी चीनले पनि विभिन्न ११ स्थानमा नेपालको सिमा मिचेको छ । भारतले त ७० भन्दा बढी स्थानमा नेपालको सिमा अंग्रेज उपनिवेशकालिन हर्कत देखाउँदै आएको छ ।

निरन्तर सिमा मिचिँदापनि सरकार र जिम्मेवार अधिकारीहरु गम्भीर नदेखिएको तथा हालको राष्ट्रवादी भनिएको सरकारले पनि मौनता साँधेकोप्रति नागरिकले आक्रोश व्यक्त गरिरहेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech