काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

  |   प्रकाशित :

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ ।

प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया भँडेलको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा आइतबार बिहान निधन भएको परिवारजनले बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समितिले आइतबारको लागि निर्धारित चागुनारायण नगरपालिका ७ बागेश्वरीको चुनावी घरदैलो कार्यक्रम हाललाई स्थगित गरिएको भक्तपुर कांग्रेसले जनाएको छ । आइतबारको चुनावी कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका युवा नेता गगन थापा आउने कार्यक्रम थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech