हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

  |   प्रकाशित :

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो ।

कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको सूचना प्राप्त भएपश्चात खटिएको टोलीले प्रसादलाई पक्राउ गरेको बताए ।

कुँवरका अनुसार उनको साथबाट नेपाली नगद ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल पनि बरामद भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech