अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

  |   प्रकाशित :

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन। 

सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमा २ सहित सन्धिखर्क र बुट्वल अस्पतालमा १र१ जना गरी ४ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटना परी प्युठान ऐरावती गाउँपालिका(२ का ५२ वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य, सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ र उनकी आमा बर्ष ३० कि बिष्णुमायाँ श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नव राज मल्लले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech