अध्यक्ष जवरा भन्छन्: नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्छौँ 

  |   प्रकाशित :

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने दाबी गरेका छन् । पार्टीको जनकपुर-लुम्बिनी धार्मिक यात्राको अवसरमा आज यहाँ आयोजित कोणसभामा उनले सनातन हिन्दू धर्मले मात्रै सम्पूर्ण मानवजातिको कल्याण गर्न सक्ने बताएका हुन् ।

विसं २०६२्/६३ को जनआन्दोलनपछि चोरबाटोबाट देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको दाबी अध्यक्ष राणाको थियो । पार्टीको धार्मिक यात्रामा देखिएको जनलहरबाट आफू उत्साहित भएको उनले बताए । पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले ८० प्रतिशत ओमकार समुदाय बसोबास गरेको देशलाई कुनै पनि दृष्टिले धर्मनिरपेक्ष भन्न नमिल्ने तर्क राखे ।

धार्मिक यात्राको क्रममा आम सर्वसाधारणको हिन्दू धर्मप्रतिको आकर्षण प्रष्ट देखिएको पाण्डेको धारणा थियो । भरतपुरमा भएको कोणसभा सकिएसँगै नारायणी नदीमा आरतीमा यात्राको समूह सहभागी भएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech