नेपाली भूमीलाई साक्षी राख्दै भारतीय बरबधु, साैराहामा यस्तो आकर्षण

  |   प्रकाशित :

चितवन । विवाह सामान्यतयाः जीवनमा एकपटक मात्रै गरिन्छ । वैद्विक हिन्दु संस्कारसअनुसार यज्ञमा अग्नि स्थापना गरी सोही ज्वलन्त यज्ञअघि जीवन–मरणको कसम खाँदै बिहे सम्पन्न गरिन्छ । अहिले भारतीय युवा–युवतीहरु नेपाली भूमीमा यज्ञ स्थापना गर्दै त्यसैलाई साक्षी राखि जीवन–मरणको कसम खाँदैछन् । 

तपाइँ यतिखेर चितवनको सौराहा पुग्नुभयो भने त्यहाँ थुपै भारतीय युगल जोडीहरु विवाह मण्डपमा बसेर संस्कार पछ्याईरहेको देख्न सक्नुहुनेछ । दुलहा–दुलहीसहित बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि यतिखेर सौराहा धाइरहेका छन् । 

सौराहामै विवाह गर्ने भारतीयहरुको संख्या बढ्दै गएपछि अहिले त्यहाँका होटलहरुको अकुपेन्सी समेत बढेको छ । दुईदेखि तीनदिनसम्मका लागि भारतीयहरुले होटल बुक गर्ने गरेका छन् भने एउटा होटलमा दुलहा र अर्को होटलमा दुलही राखी घर र माईतीकै रुपमा भारतीयहरुले नेपालको पर्यटकीय क्षेत्र सौराहामा वैवाहिक खुशी मनाईरहेका छन् । 

एउटा विवाहका लागि झण्डै तीनसय हाराहारीमा भारतीय नागरिकहरु नेपाल आउने गर्छन् । अहिले सौराहाका दर्जनौं होटलहरु विवाहका लागि बुकिङ भईसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech