नाङ्गिए राधारमण स्वामी, निर्माणाधीन मन्दिरमा नक्कली नोट छाप्ने धन्धा 

  |   प्रकाशित :

काठमाडौं । साधु, स्वामी, सन्त र महात्माका नाममा आफुलाई उभ्याएका भारतका तथाकथित धर्मभिरुहरु एकपछि अर्को गरी अपराधकर्ममा फस्ने गरेको छन् । यसै क्रममा गुजरात पुलिसले आइतबार राधारमण स्वामीलाई पक्राउ गरेको छ । 

गुजरातको खेडा जिल्लास्थित राधारमणको आश्रम नजिकै निर्माणाधीन मन्दिरमा प्रहरीले छापा हान्दा २ हजार रुपैयाँ दरका ७० लाख जाली नोटहरु भेटिएको छ । छापा हानिएको मुवाडी आश्रमबाट प्रहरीले एक भिक्षुसहित दुई जनालाई पक्राउ गरेको हो ।

यही आश्रममा गत चार बर्षदेखि मन्दिर निर्माण भईरहेको छ । पछिल्लो दुई महिनयता यो मन्दिर परिसरमा मानिसहरुको आवतजावत बाक्लिँदै गएको थियो । निर्माणाधीन मन्दिरमै आवतजावत बाक्लिएपछि गैरकानूनी धन्दा भएको हुनसक्ने आशंकामा प्रहरीले छापा हान्दा लाखौं रुपैयाँका जाली नोट बरामद भएको हो । 

राधारमणले आश्रममै जाली नोट छाप्ने मेसिन र कलर प्रिन्टर समेत बरामद गरेको छ । प्राप्त जानकारीअनुसार एक लाख रुपैयाँ जाली नोट चाहिएमा मानिसहरुले त्यहाँ ५० हजार रुपैयाँ सक्कली नोट बुझाउनुपर्थ्यो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech