कङ्गोमा विमान दुर्घटनाग्रस्त, २४ जनाको मृत्यु

  |   प्रकाशित :

काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाएको बताइएको छ । 

उक्त विमान गोमा सहर स्थित एउटा घरहरुमा ठोक्किएको थियो । मृत्यु हुनेमा घर र त्यसको वरपर रहेका मानिसहरू पनि छन् । अधिकारीहरूका अनुसार विमानमा १७ जना यात्रु र दुई जना चालक दलका सदस्य थिए।

विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा हालसम्म थाहा हुन सकेको छैन । तर केही स्रोतहरुले भने उड्ने बित्तिकै विमानको इन्जिनले काम गर्न छोडेको बताइएका छन् । घटना लगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटना भएको स्थानमा पुगेका थिए ।

विमानले असर पारेका घरमा दुर्घटना हुँदा कति जना थिए भन्ने कुराको यकिन हुन सकेको छैन । सुरक्षा सम्बन्धी मापदण्डमा आवश्यक ध्यान नपुर्‍याइएको लगायतका कारणले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हवाई दुर्घटना तुलनात्मक रूपमा धेरै हुने गरेको छ जसकारण त्यहाँका व्यावसायिक विमानहरू माथि युरोपेली सङ्घले प्रतिबन्ध लगाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech