कांग्रेस र कम्युनिष्टका विद्यार्थी मिलेर प्राध्यापक कुटेपछि त्रिचन्द्र क्याम्पस बन्द 

  |   प्रकाशित :

काठमाडौं । बृद्धि भएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ (ने.क.पा.) र प्रतिपक्षी कांग्रेस निकट विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई घाइते बनाउने गरी कुटेपछि त्रिचन्द्र क्याम्पस बन्द भएको छ । 

त्रिचन्द्रका प्रमुख प्राध्यापक प्रदीपबहादुर न्यौपानेलाई कुटपीट गरेको विरोधमा आज (मंगलबार) पठनपाठन बन्द गरिएको क्याम्पस प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । पठनपाठनका साथै आज त्रिचन्द्र क्याम्पसले नियमित प्रयोगात्मक परीक्षा समेत नलिने भएको छ । 

विद्यार्थीको आक्रमणमा परी घाइते भएका प्राध्यापक न्यौपानको हाल ट्रमा सेन्टरमा उपचार भईरहेको छ । विज्ञान संकायमा बढाएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ नेकपा निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघका कार्यकर्ताले न्यौपानेमाथि निर्घात कुटपिट गरेका थिए ।

यो पनि पढ्नुहोस : त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीले गरे हातपात

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech