पीडित किसानहरूलाई क्षतिपूर्ति दिलाऊ

  |   प्रकाशित :

काठमाडौं । चाँडै पाक्ने र धेरै फल्ने आशामा भारतबाट आयातित एउटा हाइब्रिड जातको धान रोपेका किसानहरूको २३ करोड रुपैयाँ बराबर क्षति भएको पाइएको छ ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुखको संयोजकत्वमा गठित क्षतिपूर्ति मूल्यांकन समितिले उत्पादन लागत र परिमाणका आधारमा क्षति रकम मूल्यांकन गरेको हो ।

गरिमा जातको धान भनेर लगाएको बीउ नक्कली परेर धान नफलेपछि १३ जिल्लाका सात हजार किसान परिवार पीडित बनेका थिए । अब, सरकारले समितिको सिफारिसका आधारमा ती किसानलाई अविलम्ब क्षतिपूर्ति दिने र दिलाउने गर्नुपर्छ ।

साथै, आगामी दिनमा किसानहरू यसरी नक्कली बीउमा नठगिऊन् भनेर सावधानीका उपायहरू अपनाउने व्यवस्था पनि मिलाउनुपर्छ ।कान्तीपुर दैनिकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech