प्रचण्ड परिवारलाई कम्युनिस्ट मन्त्रीले घुमाए सौराहा, सुरक्षाकर्मीको दुरुपयोग

  |   प्रकाशित :

भरतपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालसहित आफ्ना छोरी, ज्वाइँ, नातिनतिना र चेलाचाकरहरूसँग चितवनको रमणीय स्थलहरूको अवलोकन गरेका छन् ।

चितवनका रमणीय स्थलको अवलोकन गर्ने बेला चितवन प्रहरीले उल्लेख्य संख्यामा प्रचण्डको सुरक्षाका लागि प्रहरी परिचानल गरेका थिए । शनिबार, आइतबार र सोमबार तीन दिनसम्म प्रचण्डले परिवारसँग चितवनमा रमाइलो गरेका हुन् । उनीसँगै प्रदेश ३ का कम्युनिस्ट मन्त्री शालिकराम जमकट्टेल पनि थिए । मन्त्रीले नै सबै प्रचण्डको परिवारलाई घुमाएको जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech