प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार (अस्पतालको विज्ञप्तिसहित)

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले साँझ ७ बजे प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘मंगललबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’  यसअघि सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा रहेको उल्लेख थियो ।

स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीमा एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा छन् ।

यस्तो छ अस्पतालको विज्ञप्ति :

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech