प्रधानमन्त्री ओलीलाई केही दिनसम्म आईसीयुमै राखिने 

  |   प्रकाशित :

काठमाडौं । एपेन्डिसाइटिस भई गम्भीर बिरामी परेपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन सघन उपचार कक्ष (आईसीयू) मै राखिने भएको छ । 

स्वास्थ्यमा केही सुधार आएपनि उपचाररत चिकित्सकहरुले स्वास्थ्यअवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्रीलाई आईसीयूमै राखिने जानकारी दिएका छन् । ओली शिक्षण अस्पताअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् । 

यो पनि पढ्नुहोस : प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार (अस्पतालको विज्ञप्तिसहित)

पेट दुखेछि मंगलबार बिहानै अस्पताल पुगेका ओलीको आकस्मिक रुपमै एपेन्डिसाईटिसको अप्रेशन गरिएको थियो । अप्रेशनपछि भेन्टिलेटरमा राखिएका ओलीलाई बुधबार बिहान आईसीयू कक्षमा सारिएको हो । अब प्रधानमन्त्रीलाई कम्तिमा १० दिन अस्पतालमै राखिनसक्ने अस्पताल स्रोतले जानकारी दियो । 

चिकित्सक र सल्लाहकारहरुले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थामा सुधार आईरहेको जानकारी दिएका छन् । बुधबार बिहान केही समय कूर्सीमा बसी कालोचिया समेत पिएका ओलीले आफ्नो स्वास्थ्यप्रति सार्वजनिक चासोबारे जिज्ञासा राखेका थिए । 

करिब एक दशकअघि मृर्गौला प्रत्यारोपण गरेका ओलीले स्वदेश र विदेशमा पटक–पटक डायलाईसिस गराउँदै आएका छन् । मृर्गौलाकै समस्याले गालिरहेका बेला एपेन्डिसाईटिस समेत भएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे सर्वत्र चासो र चिन्ता बढेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech