नेपालमा रेल बनाउन भारत उदार, चीनकाे स्वार्थै-स्वार्थ !

  |   प्रकाशित :

काठमाडौं । चीनियाँ मुख ताकेपनि नेपालको रेल विकासमा भारत एककदम अघि देखिएको छ । दुई छिमेकी नव–उदयीमान शक्तिमुलुकमध्ये नेपालमा रेल पूर्वाधार विकासका लागि भारतले चीनलाई उछिनेको हो । 

भारतले हालैमात्र अनुदानमै रक्सौल–काठमाडौं रेलमार्ग विकास गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाईदिने निर्णय गरेको छ । नेपाल र नेपाली नागरिकको विकासका लागि भन्दै भारतले यसअघि नै भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किमी ब्रोडगेज रेल लाइनको पहिलो चरणको निर्माण अन्तिम अवस्थामा पुऱ्याएको छ । 

अर्कोतर्फ चीनले भने काठमाडौं–केरुङ्ग रेल्वे परियोजनाको डीपीआर तयार गर्नै आनाकानी गरिरहेको छ । नेपालले आफुसँग ऋण लिएमात्र डीपीआरको काम गरिदिने शर्त चीनले राखिरहेको छ । 

पटक–पटक नेपाली प्रधानमन्त्रीहरु चीन भ्रमणमा जाँदा अनुदानमा रेल निर्माणका लागि चीनियाँ समकक्षीहरुसमक्ष आग्रह गर्ने गरेका छन् । तर चीनले आफ्सँग ऋण लिनुपर्ने, अन्याथा पुरै अनुदानमा रेल बनाईदिन नसक्ने जिरह गर्दै आएको छ ।  नेपालमा रेल परियोजना विकास गर्न चीनियाँहरु गम्भीर नभएकैले काम तीब्र गतिमा अघि बढ्न सकेको छैन । 

नेपालको विकासका लागि भन्दा पनि चीनले भारतमा रहेका १ अर्ब २५ करोड नागरिकसम्म चीनियाँ उत्पादनको पहुँच पुऱ्याउन प्रयास गरिरहेको छ । यसैले केरुङ–काठमाडौं भन्दा पनि चीन पोखरा–लुम्बिनी रेल परियोजनामा आकर्षित देखिएको छ । 

नेपालको प्राकृतिक स्रोत र भारतको बजारमा नजर लगाईरहेको चीनले यतिखेर निकै रणनीतिक चालाबाजी रचिरहेको देखिन्छ । नेपालबाट सस्तोमा कच्चापदार्थ लैजाने र चीनमा सामान बनाएर भारतमा निर्यात गर्ने उसको योजना छ ।

यसैकारण पछिल्लोपटक पोखरा–लुम्बिनी रेलमार्गमा चीनले निकै चासो दिईरहेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech