काठमाडौंमा चिसो बढ्दै, एकरात एक डिग्री तापक्रम घट्यो 

  |   प्रकाशित :

काठमाडौं । हिउँद लागेसँगै काठमाडौंमा चिसो बढ्ने क्रमले तीव्रता पाएको छ । हिजो बुधबारको तुलनामा आज बिहिबार थप एक डिग्री तापक्रम घटेको छ । 
बुधबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज बिहीबार बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेन्टिग्रेडमा झरेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको तापक्रम यो बर्षकै सबैभन्दा कम हो । 

महाशाखाका अनुसार पश्चिमी वायुको असरले मौसम पूर्ण रुपमा नखुल्दा देशका धेरै ठाउँको न्यूनतम तापक्रम घटेको छ । पश्चिमी वायुको प्रभावले बिहीबार दिउँसो मध्य र पूर्वको पहाडीसहित पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ । अहिले देशभरिकै आकाश धुम्मिएको छ । 

बिहीबार पश्चिमी पहाडी क्षेत्रको केही ठाउँमा पानी पर्नुकासाथै हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मध्य र तराई क्षेत्रमा भने घाम लाग्ने तथा शनिबारदेखि पश्चिमी वायुको प्रभाव समेत कम हुने महाशाखाले जानकारी दिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech