च्याम्पियन्स लिग : डोर्टमण्डलाई पराजित गर्दै बार्सिलोना नकआउट चरणमा

  |   प्रकाशित :

काठमाडौं । बुधबार राती भएको खेलमा बोरुसिया डोर्टमण्डलाई ३–१ गोलअन्तरले हराउँदै स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश गरेको छ । 

अन्तिम १६ मा स्थान बनाउने क्रममा क्लबका लागि ७००औं खेल खेलेका लियोनल मेस्सीले गोल गरे । साथै, बार्साका लागि लुईस स्वारेज र एन्ट्वान ग्रीजम्यानले पनि एक–एक गोल गर्न सफल भए । 

क्याम्प नोउमा भएको खेलमा लुइस स्वारेजले मेस्सीको पासमा गोल गर्दै २९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि नै स्वारेजको पासमा मेस्सीले प्रहार गरेको लेफ्ट फुटेड सट गोलमा परिणत भयो ।

यो मेस्सीले बार्सिलोनाका लागि गरेको ६१३ औँ गोल हो । पछिल्लो गोलसँगै अर्जेन्टिनी स्ट्राइकर मेस्सीले च्याम्पियन्स लिगमा गोल संख्या ११४ पुर्‍याएका छन् ।

जितसँगै जारी सिजनको लिगमा बार्सिलोनाले ११ अंक जोडेको छ । साथै बार्सिलानाकै समूहमा रहेका इटालियन क्लब इन्टर मिलान र बोरुसिया डोर्टमण्ड सात–सात अंकका साथ दोस्रो स्थानमा छ ।

मेस्सीले नै दिएको पासलाई ग्रिजम्यानले गोलमा परिणत गरेपछि पहिलो हाफमा दुई गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्यो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech