अर्घाखाँची दुर्घटनाका १९ मृतकमध्ये ११ जनाको सनाखत (नामावली)

  |   प्रकाशित :

सन्धीखर्क । अर्घाखाँचीको नरपानीमा हिजो (बुधबार) दिउँसो भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १९ जनामध्ये ११ जनाको सनाखत भएको छ। दुर्घटनाका मृतकहरुको शव अहिले अर्घाखाँची अस्पतालमा राखिएको छ। 

यो पनि पढ्नुहोस् : अर्घाखाँचीमा बस दुर्घटना, हालसम्म १८ जनाको मृत्यु, १३ घाइते 

दुर्घटनामा परी घाइते भएका मध्ये ९ जनाको भैरहवा मेडिकल कलेज, ६ जनाको चौराह हस्पिटल बुटवल र १ जनाको बि एण्ड बि हस्पिटल काठमाडौंमा उपचार भईरहेको छ । 

सन्धिखर्कबाट बुटवलका लागि बुधबार दिउँसो साढे १ बजे छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानी नगरपालिका–६ नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाका मृतक र घाईतेको नामावली :

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech