नामका अगाडि प्रा.डा. नलेखिएको भन्दै उजुरी

  |   प्रकाशित :

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि पदाधिकारीका लागि सिफारिस इच्छुक व्यक्तिहरूविरुद्ध नामका अगाडि उपाधि नदिएको, पुराना पदाधिकारीको झै–झगडाका कारण काम नभएका जस्ता उजुरी परेका छन्।

दुई आयोगका पदाधिकारीको नाम सिफारिस गर्न गठन भएको समितिले मंसिर २ गते इच्छुक ६१ जनाको नाम सार्वजनिक गर्दै उजुरी तथा प्रतिक्रिया माग गरेको थियो। पाँच दिन समय दिएर मागिएको प्रतिक्रियामा सिफारिस समितिले प्रकाशित गरेको नाममा टिप्पणी गरेर पनि प्रतिक्रिया उजुरी परेको एक सदस्यले जानकारी दिएका हुन्।

सिफारिस समितिले २ नम्बरमा नाम प्रकाशित भएका बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वसदस्य विष्णु पाठकले आफ्नो नामको अगाडि प्राडा नलेखिएको भन्दै आपत्ति जनाउँदै प्रतिक्रियास्वरूप निवेदन दिएका छन्। समितिले प्रकाशित गरेको नामावलीमा आफ्नो नाम अगाडिको पद प्राध्यापक डाक्टर छुटाइएको भन्दै पुनः नाम प्रकाशित गर्न माग गरेका छन्। ‘आफूले यसअघि पनि प्रधानमन्त्री कार्यालयले दिएको नियुक्तिको पत्रमा प्राडा विष्णु पाठक भएको’ उल्लेख गर्दै सिफारिस समितिलाई नाम संशोधन गरी प्रकाशन गर्न माग गरेका हुन्।

त्यसैगरी द्वन्द्वपीडितको संस्थाको तर्फबाट संयुक्त रूपमा ८ पृष्ठ लामो एउटा उजुरी दिएका छन्। उजुरी प्रतिक्रियामा सिफारिस समितिले नाम थप गरी र पीडितका संस्थाले सिफारिस गरेका नाम प्रकाशित भएको भन्दै असहमति जनाएका छन्। यसअघि आयोगकै सदस्य माधवी भट्ट र श्रीकृष्ण सुवेदीको आपसी झैझगडाका कारण सत्य निरूपण आयोगका अध्यक्ष सूर्य्किरण गुरुङ दुई महिना कार्यालय नआएको प्रसंग उजुरीमा उल्लेख छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech