दक्षिण कोरियामा एक नेपाली युवकको मृत्यु

  |   प्रकाशित :

काठमाडौँ । दक्षिण कोरियामा रोजगारी गर्न आएका एक नेपालीको मृत्यु भएको छ । रोजगार अनुमती प्रणाली ईपीएस मार्फत कोरिया गएका भोजपुरका अमिन राईको गत २५ शनिबार राती उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

४ बर्ष १० महिनाको भिसा अवधि सकेर बसेका राईले शनिबार आफुलाई ज्वरो आएको कुरा फेसबूक स्टाटस लेखेका थिए । उनको न्यून रक्तचापका कारण हुनसक्ने बताईएको छ । कोरिया स्थित विभिन्न नेपाली संघ संस्थाका कतिपय प्रतिनिधिहरु राती नै अस्पताल पुगेको तथा अहिले आवस्यक कानुनी प्रकृयाका लागि समन्बय भईरहेको बताईएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech