अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

  |   प्रकाशित :

काठमाडौं । बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले घटनाले मर्माहित बनाएको भन्दै मृतकलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बिहीबार वक्तव्यमार्फत सभापति देउवाले घाइतेलाई ढिलो नगरी सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारलाई अनुरोध समेत गरेका छन् ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बुधबार बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech