‘प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्न खोज्ने चतुर्वेदी पक्राउ

  |   प्रकाशित :

पर्सा । प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोज्ने एक जना पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोज्ने वीरगन्ज महानगरपालिका–५ बस्ने २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदीलाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो । 

चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काई पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चतुर्वेदी हातहतियार खरखजाना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech