अख्तियारले साना माछालाई समातेपनि ठूला माछालाई समात्न सक्दैन्: डा. भट्टराई

  |   प्रकाशित :

दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ठोकुवा गरेका छन् ।

बिहीबार उनले दलहरुको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको टिप्पणी गरे । उनले भने,‘अख्तियारले साना माछालाई समातेपनि ठूला माछालाई समात्न सक्दैन् । जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले प्रधामन्त्रीलगायत सबैले गर्ने भ्रष्टाचारको छानबिन गरेर भ्रष्टाचार रोक्न सकोस भन्दै आयोगलाई सुझाव दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech