ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना ठहरै

  |   प्रकाशित :

पोखरा । पूर्वी चितवनको राप्ती नगरपालिका(७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व(पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ जाँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १४ प १६३ नं।को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ना १४ प १६३ नं।को मोटरसाइकलको पछाडी सवार २८ वर्षिय पुरुष हुन् । उनको नामथर खुल्न सकेको छैन ।

सोही मोटरसाइकलका चालक गम्भिर घाइते भई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech