सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको छ: राष्ट्रपति 

  |   प्रकाशित :

काठमाडौं । अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले राष्ट्रपति विद्यादेवी भण्डारीले आफू स्तब्ध भएको बताएकी छन् । 

आज ट्विट गर्दै उनले शोकाकूल परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् । “हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छु”, ट्विटमा भनेकी छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech