साग: पाकिस्तानद्वारा माल्दिभ्स पराजित

  |   प्रकाशित :

काठमाडौं । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पाकिस्तानले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै पाकिस्तानले सागमा राम्रो सुरुवात गरेको हो । पाकिस्तानले माल्दिभ्सलाई २५-१६, २५-२३ र २५-१५ स्कोरमा पराजित गरेको हो । जितसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ । पाकिस्तानले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech