अझै घटेनन् टिप्पर आतंक, टिप्पर ठक्करबाट उपत्यकामै पैदल यात्रीको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका-१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षिय समीर विक रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिए पनि मृत्यु भएको हो ।

ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजीकार्य भैरहेको छ । काठमाडौं कोटेश्वर तीनकुनेबाट बा३ ख २५३१ नंको टिप्पर र चालक काभ्रे महाभारत गापा-८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षिय सिद्धिमान तामाङलाई भने पक्राउ गरिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech