प्रहरीलाई छक्याउने तस्करको नयाँ शैलीः मोटरसाइकल ट्यांकीमा चरेश, सिट काटेर ट्यांकी

  |   प्रकाशित :

मकवानपुर । मकवानपुरका प्रहरीले चरेससहित दुई जनालाई पक्राउ गरेको छ । त्रिभुवन राजपथको हेटौँडा–पालुङ खण्डमा प्रहरीले बा २५ प ८७८३ नम्बरको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीलाई छक्याउने तरिकाले पेट्रोल भर्ने ट्यांकीको तल्लो भाग काटेर फल्स बनाई चरेस भर्ने र पछिल्लो भागमा मान्छे बस्ने सिट मुनी नयाँ ढङ्गबाट तेल भर्ने ट्यांकी बनाएर वीरगञ्ज लैजादै गरेको चरेशसहित भारत मोतिहारी सिसुवा २ बस्ने २५ वर्षिय राजेश यादब र मोटरसाईकलको पछाडि सवार भारत मोग्लेसपुरका १८ वर्षिय ऋषिकुमार यादबलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

प्रहरीलाई छक्याउनका लागि कारोबारीले नयाँ शैली अपनाउने क्रम चलिरहेको उपरीक्षक सिंहको भनाइ छ । मकवानपुर र धादिङको विभिन्न क्षेत्रमा उत्पादन गरिने लागूऔषध मकवानपुर आसपास हुँदै भारतसम्म पुयाउने गरिएको प्रहरीको भनाइ छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech