एचआइभी एड्सकाबाट तनहुँमा ३७ जनाको मुत्यु

  |   प्रकाशित :

तनहुँ । हालसम्म तनहुँमा एचआइभी एड्सकाबाट ३७ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेको संख्या दमौली अस्पतालमा रहेको एआरटि शाखाले दिएको तथ्याङकमा उल्लेख छ । जिल्लामा अहिले तीन सय २८ जना संक्रमित रहेको शाखाले जनाएको छ ।

जसमा सबैभन्दा बढी पुरुष एक सय ६१ जना छन् । त्यस्तै एक सय ३९ जना महिला, एक तेस्रो लिङगी, १४ जना बालिका र १३ जना बालक रहेको शाखाकी ईन्चार्ज सुस्मिला खनालले जानकारी दिइन् ।

संक्रमित भएका मध्ये दुई सय ७ जनाले औषधि सेवन गरिरहेको खनालले बताइन्। जसमा एक सय जना पुरुष, ९३ जना महिला, आठ जना बालिका र ६ जना बालक रहेको उनले बताइन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech