१३ औँ साग: भुटानविरुद्ध नेपालको तेस्रो गोल

  |   प्रकाशित :

काठमाडौँ । पुरुष फुटबलको पहिलो खेलमा नेपालले भुटानविरुद्ध ३-० को अग्रता लिएको छ। १३ औँ दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नेपालले भुटानविरुद्ध ३-० को अग्रता लिएको हो ।

दोस्रो हाफको ६४ औँ मिनेटमा अभिषेक रिजालले गोल गरेका हुन् यसअघि पहिलो हाफको पाँचौँ मिनेटमा गोल गरेका नेपालका कप्तान सुजल श्रेष्ठले दोस्रो हाफको पनि पाँचौ मिनेटमै नेपालका लागि थप एक गोल गरेका थिए ।

भुटानले पहिलो खेलमा सोमबार बंगलादेशलाई हराएको थियो। नेपालले समूहको दोस्रो खेलमा बुधबार श्रीलंका, शनिबार मालदिभ्स र मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। राउन्ड रोबिनपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि भिड्नेछन्। प्रतियोगितामा भारत र पाकिस्तान सहभागी छैनन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech