‘६० लाख नेपालीलाई मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण’

  |   प्रकाशित :

टेक्सास । अमेरिका भ्रमणका क्रममा टेक्सासको ड्यालसमा आयोजित नेपाली समुदायसंगको अन्तरक्रियामा अध्यक्ष थापाले राप्रपा अध्यक्ष कमल थापाले ६० लाख नेपाली नागरिकलाइ मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण भएको बतएका छन् । 

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन् । प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् । 

अध्यक्ष थापाले तत्कालीन संविधानसभामा राप्रपा समेतको जोडबाट गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्दछ भन्ने व्यवस्था कायम गरिएको तर संविधान जारी भएको चार वर्षमा पनि कानुन बन्न नसक्नु दुःखद भएको बताएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech