सुनको भाउ घट्यो, कति छ आजको भाउ ?

  |   प्रकाशित :

काठमाडौं । बुधबार प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा दुई सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघले दिएको जानकारी अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ७१ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ८६५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १५ रुपैयाँ घटेर आज प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech