१३ औं साग: साइक्लिङमा नेपाललाई थप ३ पदक

  |   प्रकाशित :

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत साइक्लिङमा नेपालले ३ पदक जितेको छ । नेपालले एउटा स्वर्ण, एउटा रजत र एउटा कास्य गरी साइक्लिङमा ३ वटा पदक जितेको हो ।

नेपालका लागि बुद्धिबहादुर तामाङले गोल्ड, राजिव राईले रजत र ओकेश बज्राचार्यले कास्य पदक जितेका हुन् । यससँगै नेपालले १३ औं सागमा स्वर्ण पदकको संख्या ३२ पु¥याएको छ । 

अहिलेसम्म नेपालले ३२ स्वर्णसहित १९ रजत र ३० कास्य गरी ८१ पदक जितेको छ । यस्तै, भारतले ४० स्वर्ण, ३१ रजत र १५ कास्य गरी ८६ पदक जितेको छ । भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech