स्थानीयवासीको असन्तुष्टीप्रति कांग्रेसको आपत्ति 

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसले बिहीवार विज्ञप्ती जारी गर्दै बुढी गण्डकी जलविद्युत परियोजनाको सन्दर्भमा सरकारले तोकेको स्थानीयवासीको जग्गाको मुआब्जा र त्यसप्रति स्थानीयवासीको असन्तुष्टीप्रति ध्यानकृष्ट भएको जनाएको छ ।

आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यवहारिक र वैज्ञानिक ढंगले नगरिंदा स्थानीय नागरिकमा त्यसले व्यापक रोष उत्पन्न गरेको जनाएको छ । ‘सो भेगका वासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण गरिएको भए स्थानीयको असन्तुष्टी एवं आक्रोश जन्मने थिएन ।’ विज्ञप्तीमा उल्लेख छ ।

मनोगत ढंगले निर्धारित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पु¥याएको छ नै त्यसका विरुद्ध रोष प्रदर्शन गर्न स्थानीयवासी वाध्य भएको कांग्रेसले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech