नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह

  |   प्रकाशित :

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि इराकका राजदूतसँग नेपालीको सुरक्षामा गम्भीर भइदिन आग्रह गरेका छन् । थापाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा इराकमा रहेका नेपालीबारे चिन्ता व्यक्त गरेका हुन् ।

गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार जवाफमा नवनियुक्त गैरआवासिय राजदूत डा. फलाह अब्लुल्हसनले इराकमा रहेका नेपालीको सुरक्षामा आफूहरु गम्भिर रहेको उल्लेख गरे । साथै, इराकको विकासमा नेपालीको महत्वपूर्ण योगदान रहेको पनि चर्चा गरे ।

आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै त्यसविरुद्धको लडाइँमा पनि नेपालले साथ दिने उनले विश्वास व्यक्त गरे । नेपालले भ्रमण वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा इराकबाट थप पर्यटकको आगमनका लागि वातावरण बनाइदिन पनि थापाले राजदूतसँग आग्रह गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech