सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे

  |   प्रकाशित :

काठमाडौं । नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार बसेको बैठकमा नेपाल सरकारले पारमाणविक पदार्थ सम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गर्न एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्ने विषयमा सहमति जुटाएको हो । समितिले जुटाएको उक्त सहमति विधेयकको दफा २१ मा लेखिने छ ।

यसअघि नेपालमा पारमाणविक पदार्थको अनुसन्धान गर्ने कुनै कानूनी व्यवस्था थिएन । समितिको बिहीबारको निर्णयसँगै अब पारमाणविक पदार्थको अध्ययन तथा अनुसन्धान गर्ने कानूनी बाटो खुल्ने भएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech