मोटरसाइकलको ठक्करबाट पैदलयात्री ठहरै

  |   प्रकाशित :

सर्लाही । मोटरसाइकलको ठक्करबाट बिहीबार दिउँसो एक जना पैदलयात्रीको मृत्य भएको छ ।

मलंगवा नगरपालिका ११ गम्हरियास्थित मलंगबाट नवलपुरतर्फ जाँदै गरेको ना।४३ प ५६९१ नं।को मोटरसाइकलले पैदल यात्री मलंगवा नगरपालिका ७ गणेशीयाका ६० वर्षिय धरिक्षण महरालाई ठक्कर दिई घाइते भई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

मोटरसाइकल चालक साबिक सर्लाही गाविस भाडसर ६ घर भई हाल लालबन्दी नगरपालिका १ नवलपुरका २६ वर्षिय अवलेश मिकरानीलाई प्रहरी नियन्त्रणमा राखिएको छ । यस्तै, तीन दिनदेखि हराइरहेका दुई वर्षिय बालक मृत अवस्थामा भेटिएका छन् । 

छिमेकी मुलुक भारत सितामढी घर भई हाल मलंगवा नगरपालिका १ भेडियाही मामाघर बस्दै आएका आवास नटका २ वर्षिय छोरा सुवास नटको मृत्यु भएको छ । मंगलबारदेखि हराइरहेका बालकको खोजी गर्ने क्रममा घर नजिकैको नालाभित्र मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवामा राखिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech