प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...

  |   प्रकाशित :

चितवन । चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला छात्राबास भित्रै प्रवेश गरेर प्रहीले विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेको छ । चितवन मेडिकल कलेजका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

विहीबार चितवन मेडिकल कलेजको भरतपुर ५ कैलाशनगरमा रहेको छात्राबासभित्र छिरेका प्रहरीले एकाएक विद्यार्थीमाथि लठ्ठी भाँचिने गरी लाठीचार्ज गरेको विद्यार्थी कला अधिकारीले जानकारी दिइन्। प्रहरीको कुटाईबाट एमबिबिएस दोश्रो बर्षमा अध्यानरत पिसजोन जोशी र एमबिबिएस प्रथम बर्षकी भावना राजवंशी घाइते भएकी छन् ।

घाइते दुबैलाई उपचारको लागि अस्पताल लगिएको छ। जोशीको नाकमा चोट लागेको छ भने राजवंशीको प्रहरीको लाठीचार्जबाट शरीरका विभिन्न स्थानमा चोट देखिएको छ । लामो समयदेखि आन्दोलित विद्यार्थीले कलेजको प्रशासन शाखामा लगाएको ताला प्रहरीले खोलेको भन्दै विद्यार्थीले बिरोध जनाएपछि झडप भएको थियो ।

चिकित्सा शास्त्रमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले परीक्षा नै बहिष्कार गरेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सरकार र मेडिकल माफिया मिलेर विद्यार्थीको आन्दोलन तुहाउने गरेर गरेको सहमती आफूहरुलाई मान्य नहुने भन्दै आन्दोलनलाई जारी राखेका छन् ।

सबै विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता तथा समायोजन नभएसम्म आन्दोलन जारी रहने भन्दै परीक्षा बहिष्कार गरेको विद्यार्थी मान्यता थापाले बताइन् । चिकित्सा शिक्षा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीले बुधबारबाट सुरु भएको बोर्ड परीक्षा बहिस्कार गरेका हुन् ।

बुधबारबाट सुरु भएको प्रथम बर्षको परीक्षाको पहिलो दिन वि फार्मेसी , विएसआइटि , विएससिएमएलटि , विएएसएलपि , विपिएमको परीक्षा तोकिएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech