न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

  |   प्रकाशित :

काठमाडौं। न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उनले राजीनामा बुझाउने निर्णय गरेको हो ।

वैदिकले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष न्याय परिषद सदस्यबाट राजीनामा बुझाएको हो । उनले आफूले बुधबार राष्ट्रपतिलाई राजिनामा बुझाएको बताएको छ । उनी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा न्यायपरिषद सदस्यमा नियुक्त भएको थियो । गोरखापत्र अनलाइनबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech